धनगढीको तापक्रम ४४ डिग्री नाघ्यो

`

     २०८१ ज्येष्ठ १७ गते ४:४९

काठमाडौँ,१७ जेष्ठ । सुदूरपश्चिमको राजधानी धनगढीको तापक्रम ४४ डिग्री सेल्सियस नाघेको छ ।

मौसम तथा विज्ञान विभाग अन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाकाअनुसार बुधबार मापन गरिएको रेकर्ड ब्रेक गर्दै बिहीबार ४४.१ डिग्री सेल्सियस मापन गरिएको छ ।

कार्यालयका मौसम विज्ञान सहायक सिंगल चौधरीले दिउँसो मापन गरिएको रेकर्डअनुसार बुधबार ४३.३६ डिग्री सेल्सियसको रेकर्ड बिहीबार नै तोडिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?