काठमाडौँ, जेठ १४ । प्रमुखदलका शिर्ष नेताहरुको बैठकमा कार्यादेश बारे सहमति भएको छैन ।
बालुवाटारमा भएको बैठकमा सहकारी ठगि प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश बारे निष्कर्षमा नपुगेको कांग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी दिएका हुन् ।
आजको बैठकमा प्रधानमन्त्रीले सत्ता पक्ष र विपक्षी नेताहरुसँग अलग अलग समेत छलफल गरेको जानकारी दिदै बैठकमा सहमति नभएको बताए । प्रधानमन्त्रीले आज साँझसम्म बसेर टुंगाउने बताएको परियारले बताएका छन् । उनले प्रधानमन्त्रीको पहल राम्रो देखिए पनि समग्र सत्ता पक्ष सकारात्मक नभएको उनले बताए ।




