काठमाडौँ, जेठ ८ । नेपाली कांग्रेसकी सांसद डा। आरजु देउवाले आफ्नो बारेमा छानबिन गरेर देखाउन सरकारलाई चुनौती दिएकी छन् ।
प्रतिनिधि सभाको बैठकपछि प्रतिक्रिया दिदै आरजुले टिकापुरको जग्गा गएर हेर्न भन्दै आफूमाथिका सबै फाइल खोलेर छानबिन गर्न चुनौती दिएकी हुन् । उनले भनिन्- जे जे छ सबै फाइल खोलेर देखाउनु । मैले टिकापुरमा ५० हजारमा किनेको हो । सबैले हेर्न सक्नुहुन्छ । सबै कागजात हेर्न सक्नुहुन्छ ।




