इरानमा पाँच दिनको राष्ट्रिय शोक

`

     २०८१ ज्येष्ठ ०७ गते ५:५५

काठमाडौँ, जेठ ७ । इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि पाँच दिनको शोक घोषणा गरिएको छ ।

इरानको सरकारी मिडियाका अनुसार राष्ट्रपति रायसीसहित ९ जनाको निधनमा पाँच दिनको राष्ट्रिय शोक घोषणा गरिएको हो ।

राष्ट्रपति रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उपराष्ट्रपति मोहम्मद मोख्बरलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?