काठमाडौँ, ६ जेठ । अफगानिस्तानको उत्तरी फरयाव र पश्चिमी घोर प्रान्तमा शुक्रबार र शनिबार भएको भारी वर्षापछि आएको बाढीका कारण कम्तीमा १२० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
फरयाब प्रान्तमा शनिबार राति मात्र बाढीका कारण कम्तीमा ४७ जनाको मृत्यु भएको संस्कृति तथा सूचना विभागका प्रान्तीय निर्देशक सम्सुद्दिन मोहम्मदीले बताएका छन् ।