राष्ट्रिय सभाको बैठक पनि सर्यो

`

     २०८१ ज्येष्ठ ०६ गते १:४२

काठमाडौं, जेठ ६ । प्रतिनिधि सभा बैठक स्थगित भएलगत्तै बसेको राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको छ ।

राष्ट्रिय सभाको बैठक यसअघि दिउँसो १ बजेर १५ मिनेटका लागि डाकिएको थियो । अब सो बैठक ३ बजेर १५ मिनेटमा बस्नेछ ।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश ९टिओआर० बनाउन कार्यदलको बैठक निष्कर्षमा पुग नसकेपछि संसदको बैठक प्रभावित भएको छ । बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?