देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी

`

     २०८१ ज्येष्ठ ०४ गते १२:२३

काठमाडौं, जेठ ४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको बैठकमा जनता समाजवादी पार्टी, नेपालका नेताहरु पनि सहभागी भएका छन् ।

बैठकमा जसपा, नेपालका अध्यक्ष एवम् संसदीय दलका नेता उपेन्द्र यादव र नेता राजकिशोर यादव सहभागी छन् । त्यस्तै राप्रपाबाट बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाही उपस्थित छन् भने लोसपाबाट महन्थ ठाकुर र शरदसिंह भण्डारी लगायतका नेताहरु सहभागी रहेका छन् ।

संसद्मा सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलबीच तनाव बढेपछि देउवाले विपक्षी दलहरुको एक मत बनाउन यो बैठक बोलाएको बताइएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको माग गरेर सदन अवरोध गरेको छ ।
तर, सरकारले भने छानबिन समिति नबनाउने अडान लिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?