काठमाडौँ, बैशाख २६ । नेपाल कम्युनिष्ट पार्टी *एमाले* का अध्यक्ष केपी शर्मा ओलीले तराई मधेशका जनतालाई स्वास्थ्यलयागतका सेवादिन सडक सञ्जालको विकास अपरिहार्य रहेको बताएका छन् ।
कपिलवस्तुको विजयनगर गाउँपालिका निर्माण भएको १५ शय्याको अस्पतालको उद्घाटन गर्दै ओलीले सडक नभएमा अन्य संरचना निर्माण गर्नुको कुनै औचित्य नहुने भन्दै सबैभन्दा पहिला सडकसञ्जाल निर्माणमा जोड दिनुपर्ने बताएका हुन् ।
उनले तराई मधेशमा पूर्वपश्चिम राजमार्गले नछोएका स्थानमा यातायातका समस्या समाधान गर्ने उद्देश्यले हुलाकी मार्गको सुरुआत गरिएको पनि बताए । पूर्वप्रधानमन्त्री ओलीले कपिलवस्तुमा सिँचाइको समस्या समाधान गर्न नौमुरे सिँचाइ योजनालाई निरन्तरता दिन आवश्यक रहेको बताए ।




