काठमाडौं, २३ वैशाख । जापानकी परराष्ट्रमन्त्री कामिकावा योको औपचारिक भ्रमणका लागि नेपाल आइपुगेकी छन् ।
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको नेपाल भ्रमणमा आएकी हुन् ।उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरेकी थिईन् ।




