काठमाडौं, वैशाख २३ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्नेमा परेपछि आइतबारको सुनुवाइ स्थगित भएको छ।
लामिछानेको मुद्दा आइतबार न्यायाधीशद्वय नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको इजलासमा परेको थियो।
न्यायाधीश निरौलाले विपक्षी झिकाउने आदेश गरेकाले हेर्ने नमिल्ने भएको सूचना अधिकारी तिर्थराज निरौलाले बताए। आफूले पहिल्यै सुनुवाइ गरी धारणा व्यक्त गरिसकेको मुद्दामा अर्को पटक न्यायाधीशहरूले सुनुवाइ गर्दैनन्।




