इलाम-२ मा सुहाङ ४९८६ मतले अगाडी

`

     २०८१ वैशाख १७ गते २:५८

काठमाडौं, बैशाख १७ । इलाम- २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तरसहित अग्रता कायमै राखेका छन् ।

प्राप्त पछिल्लो विवरण अनुसार सुहाङले १३ हजार ९०० मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका डम्बर खड्का ८९१४ मत प्राप्त गरेका छन् । अहिले सुहाङ ४९८६ मतले अगाडी रहेका छन् ।

त्यसैगरी पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले पनि पछिल्लो गणनामा मत बढाउदै लगेका छन् । उनले अहिलेसम्म ८२८५ मत प्राप्त गरेका छन् भने रास्वपा मिलन लिम्बु १९४५ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?