काठमाडौँ, बैशाख १७ । बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । भण्डारीले कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहलाई २६६ मत अन्तरले पराजित गरेका हुन् ।
निर्वाचन आयोगका अनुसार भण्डारीले ११ हजार ६१२ मत प्राप्त गरेका छन् । त्यस्तै उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका सिंहले ११ हजार ३४६ मत प्राप्त गरे ।




