इलाम-२ मा अग्रता बढाउदै स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिम

`

     २०८१ वैशाख १७ गते १२:४४

काठमाडौं, बैशाख १७ । इलाम-२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तरसहित अग्रता बनाएका छन् ।

प्राप्त पछिल्लो विवरण अनुसार सुहाङले ११ हजार ६१९ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका डम्बर खड्का ७६५९ मत प्राप्त गरेका छन् ।

त्यसैगरी पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले पनि पछिल्लो गणनामा मत बढाउदै लगेका छन् । उनले अहिलेसम्म ७४५२ मत प्राप्त गरेका छन् भने रास्वपा मिलन लिम्बु १५९६ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?