ऋषि धमला ‘भाइरल गोर्खे’ मा अनुबन्धित

`

     २०८१ वैशाख १३ गते ३:११

काठमाडौँ, बैशाख १३ । चर्चित पत्रकार ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने भएका छन् । बिहीबार फिल्मका निर्माताले धमलासँग कागजी सम्झौता गरेका हुन् ।

फिल्ममा धमलाले पत्रकारकै भूमिका निर्वाह गर्ने निर्देशक निगम श्रेष्ठले जानकारी दिएका छन् । धमला फिल्मको छायांकनका लागि बैशाख तेस्रो साता लमजुङस्थित भुजुङ गाउँ जाने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?