मैले सुहाङ नेम्वाङको विजय सुनिश्चित पाएँ: ओली

`

     २०८१ वैशाख १२ गते ४:३९

काठमाडौं, १२ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले सुहाङ नेम्वाङको विजय सुनिश्चित पाएको बताएका छन् । आज (बुधबार) इलामको चुनावी सभालाई सम्बोधन गर्दै उनले आगामी उपनिर्वाचनमा सुहाङको जित सुनिश्चित रहेको बताएका हुन् ।

‘मैले सुहाङ नेम्वाङको जीत सुनिश्चित पाएँ,’– ओलीले भने ।

साथै, नेपाली कांग्रेसका सभपति शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री बन्दा एउटा पनि सम्झन लायक काम नगरेको टिप्पणी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?