पर्यटन बोर्डको सीईओ छनोट कार्य तत्काल नगर्न अल्पकालीन आदेश

`

     २०८१ वैशाख १२ गते २:५८

काठमाडौं, १२ बैशाख । उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत छनोट कार्य तत्काल नगर्नरनगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

पर्यटन बोर्डमा रिक्त सीईओ नियुक्तिका लागि छनोट गर्न गठित उपसमितिका सदस्य तथा बोर्ड सञ्चालक समिति सदस्यहरू मिलन देवकोटा र मदनकुमार आचार्यको मनोनयसमेत गैरकानुनी भएको र छनोट उपसमिति समेत अवैधानिक रहेको भन्दै उच्च अदालत पाटनले यस्तो आदेश जारी गरेको हो । उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले १० वैशाखमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?