प्रदेशसभा बैठकमा कांग्रेस सहभागी नहुने

`

     २०८१ वैशाख ०७ गते ३:१८

काठमाडौँ, बैशाख ७ । नेपाली कांग्रेसले आज दिउँसो ३ बजेका लागि बोलाइएको गण्डकी प्रदेशसभाको बैठकमा सहभागी नहुने निर्णय गरेको छ ।

कांग्रेस संसदीय दलको आजको बैठकले खगराज अधिकारी नेतृत्वको सरकारको वैधानिकताका सम्बन्धमा यसअघि कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिटमा फैसला नआएसम्म प्रदेशसभा बैठकमा सहभागी नहुने निर्णय गरेको हो ।

उक्त रिटमा प्रारम्भिक सुनुवाई गर्दै अदालतले निवेदन पत्र टुङ्गो नलाग्दासम्म दीर्घकालीन असर पर्ने प्रकृतिका निर्णय नगर्नु नगराउनु र पूर्ण सुनुवाइका लागि वैशाख १० गतेका लागि पेशी तोक्नु भनी गत चैत २८ गते अन्तरिम आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?