सांसद खानद्वारा सपथ ग्रहण

`

     २०८१ वैशाख ०७ गते २:३२

काठमाडौँ, बैशाख ७ । सभामुख देवराज घिमिरले प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीद्वारा नवनिर्वाचित सांसद हसिना खानलाई पद तथा गोपनीयताको सपथ गराएका छन् ।

सिंहदरबारस्थित संसद सचिवालयमा आज आयोजित कार्यक्रममा सभामुख घिमिरले सांसद खानलाई पद तथा गोपनीयताको सपथ गराए ।

सभामुख घिमिरले सांसद खानलाई सांसद अङ्कित प्रतीक चिन्ह र खादा ओडाएर बधाई ज्ञापन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?