मनास्लु क्षेत्रमा ९ महिनामा ८ हजार विदेशी पर्यटक भित्रियो

`

     २०८१ वैशाख ०७ गते २:००

काठमाडौँ, बैशाख ७ । उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ महिनाको अवधिमा आठ हजारभन्दा बढी विदेशी पर्यटक घुम्न पुगेका छन् ।

चालु आर्थिक वर्षको साउन महिनायता मनास्लु क्षेत्रमा आठ हजार चार सय ५४ विदेशी पर्यटक भ्रमणका लागि मनास्लु क्षेत्रमा पुगेको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय ९एमक्याप०का प्रमुख सन्तोष शेरचनले जानकारी दिए ।

चैतमा मात्रै एक हजार आठ सय २८ पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेको उनले बताए । मनास्लु क्षेत्र भ्रमण गर्नेमध्ये सार्क राष्ट्रभन्दा बाहिरका पर्यटक अत्यधिक रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

यस वर्ष मनास्लु क्षेत्रमा पुगेका पर्यटकमध्ये सार्क राष्ट्रका एक सय ५२ जना रहेका छन् भने आठ हजार तीन सय दुई अन्य देशका पर्यटक रहेको प्रमुख शेरचनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?