तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

`

     २०८१ वैशाख ०६ गते ३:०९

काठमाडौँ, बैशाख ६ । चालु आर्थिक वर्षको ९ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

चालु आवमा रु पाँच अर्ब ५९ करोड सङ्कलन गर्ने लक्ष्य लिएकोमा हालसम्म रु आठ अर्ब ५६ करोड सङ्कलन भइसकेको भन्सार प्रमुख दयानन्द केसीले जानकारी दिए ।

नाका सञ्चालन भएपछि व्यापार बढेको उनले बताए । पछिल्लो समय मानिसहरुको आवतजावत बढिरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?