काठमाडौं,६ वैशाख । महालेखापरीक्षकमा तोयम राया नियुक्त भएका छन् । संसदीय सुनुवाई विशेष समितिले सर्वसम्मत अनुमोदन गरेसँगै राया नियुक्त भएका हुन् ।
राष्ट्रपति पौडेलले संवैधानिक परिषद्को सिफारिसमा नेपालको संविधानको धारा २४० को उपधारा (२) बमोजिम पदमा नियुक्त गरेको विज्ञप्तिमार्फत राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएका छन् ।
आगामी भदौ २६ गते सचिवको ५ वर्षे सेवा अवधिका कारण अवकाश पाउन लागेका राया अख्तियार र अर्थ मन्त्रालयको सचिवको भूमिकामा काम गरिसकेका व्यक्ति हुन् ।