एमाले चितवनको जिल्ला अधिवेशन जेठ १० देखि १२ गतेसम्म

`

     २०८१ वैशाख ०४ गते १:२१

काठमाडौं, ४ बैशाख । नेकपा एमाले चितवनको जिल्ला अधिवेशन मिति तय भएको छ । एमाले चितवनको जिल्ला कमिटी बैठकले आउँदो जेठ १० देखि १२ गतेसम्म पार्टीको ११ औँ जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।

एमाले जिल्ला कमिटी अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार अधिवेशनले आगामी ३ वर्षको कार्यकालको लागि १ सय ४३ जना जिल्ला कमिटी चयन गर्नेछ ।

अघिल्लो वर्ष घटेको पार्टी सदस्य ‘टोलटोलमा एमाले अभियान’मार्फत एमालेले बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?