काठमाडौँमा आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान’ सुरु

`

     २०८१ वैशाख ०२ गते १:२०

काठमाडौँ, बैशाख २ । सभ्य सडक संस्कारका माध्यमबाट सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान २०८१’ सुरु गरेको छ ।

उक्त अभियानको आज बिहान उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले शुभारम्भ गर्दै नेपालको सार्वजनिक यातायातलाई थप भरपर्दा र दुर्घटनारहित बनाउन विशेष अपरेशन सञ्चालन गर्ने घोषणा गरेका छन् ।

गृहमन्त्री लामिछानेले आवश्यक संशोधन गर्नुपर्ने नीति, नियम र ऐन संशोधन गरेरै भए पनि सार्वजनिक यातायातको रुट तथा सहज सडक यात्राको सुधारमा मन्त्रालय लागिरहेको बताए । ट्राफिक नियम पालनामा लापरवाही भइरहेको सन्दर्भ जोड्दै उनले अब प्रहरीको बोली नरम र कारबाही कडा हुनुपर्नेमा उनले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?