प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता

`

     २०८० चैत्र ३० गते २:५७

काठमाडौँ, चैत ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच मुलुकको पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको भेटमा समसामयिक राजनीतिक विषयमा अलावा सङ्घीय संसद्को अधिवेशनलगायतका विषयमा छलफल भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?