रविमाथि प्रश्न उठाउनु राजनीतिक पूर्वाग्रह हो : प्रधानमन्त्री

`

     २०८० चैत्र २९ गते ११:००

काठमाडौँ, २९ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले वर्तमान गठबन्धन तोड्न सकिन्छ कि भन्ने मनशायले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाएको बताएका छन् । बिहीबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो आराप लगाएका हुन् ।

उनले रविमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग राजनीतिक पूर्वाग्रहपूर्ण रहेको समेत बताए । ‘रविमाथि प्रश्न कांग्रेस सरकारमै हुँदादेखि नै उठेको थियो’ प्रचण्डले भने, ‘त्यति बेला कांग्रेसलाई कुनै समिति गठन गर्नु परेन । हालै राज्यका निकायहरूले छानबिन गरेर निर्दोष छ भनेपछि फेरि संसदीय छानबिन समिति गठन गर्नुपर्छ भन्नु राजनीतिक पूर्वाग्रह हो ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?