काठमाडौं, चैत २८ । नेकपा (एमाले) जाजरकोटको अध्यक्षमा नरेन्द्रकुमार शाही निर्वाचित भएका छन्।
सातौं अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मंगलबार भएको निर्वाचनमा नरेन्द्रले प्रतिस्पर्धी खिमबहादुर शाहीलाई ८ मतले पराजित गरेका हुन्।
उपाध्यक्षमा विष्णुविक्रम शाह १८२ मत ल्याए। निर्वाचित भए भने उनका प्रतिस्पर्धी मोतिलाल वलीले १७५ मत ल्याए।
सचिवमा गोपालबहादुर नेपाली निर्वाचित भए। गोपालले १८८ मत ल्याउँदा उनका प्रतिस्पर्धी नरबहादुर बस्नेतले १७१ मत ल्याए।
खुला उपसचिवमा तप्तबहादुर हमाल निर्वाचित भए। उनले १८१ मत प्राप्त गरे भने प्रतिस्पर्धी भक्तबहादुर बस्नेतले १५७ मत ल्याए।
महिला उपचसचिवमा सुनीता बोहोरा निर्वाचित भइन्। उनले १९३ मत पाउँदा प्रतिस्पर्धी हरिकला जोशीले १५१ मत ल्याइन्।




