उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन

`

     २०८० चैत्र २७ गते ११:४७

इलाम, चैत २७ । आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नं २ को उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण गरिँदैछ ।

“आज उम्मेदवारले नाम फिर्ता लिने समय बिहान नौदेखि एक बजेसम्मलाई तोकिएको छ । एकदेखि तीन बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने समय तीनदेखि चार बजेसम्मलाई तोकिएको छ”, निर्वाचन कार्यालय इलामका प्रमुख केशवप्रसाद घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?