भिक्षुमाथि भद्रकालीमा प्रहरीको लात्ती, सो दुर्व्यवहारको छानबिन हुने

`

     २०८० चैत्र २५ गते ८:४२

काठमाडौँ, चैत २५ । बौद्ध भिक्षुमाथि प्रहरीले काठमाडौँमा कुटपीट गरेको छ। शनिबार राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय क्रान्ति अभियानको प्रदर्शनका क्रममा प्रहरीले दुई भिक्षुलाई दुर्व्यवहार गरेको हो ।

प्रहरीले बौद्ध भिक्षुमाथि लात्ती र लाठ्ठी प्रहार भएको भिडिओ सार्वजनिक भएको छ । भिडिओ सामाजिक सञ्जालमा पोस्ट भएपछि प्रहरीको आलोचना भइरहेको छ ।

लामा भिक्षुमाथि भएको दुर्व्यवहारको छानबिन हुने भएको छ । सो घटनाबारे छानबिन गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?