केपी ओली बिनाको एमाले भने दया लागेर आउँछ : ओली

`

     २०८० चैत्र २३ गते ३:२४

पोखरा, चैत २३ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू बिनाको एमाले भन्नेहरु देखेर दया लागेर आउने बताएका छन्।

एमाले कास्की नवनिर्वाचित जिल्ला कमिटीलाई शपथ गराउँदै उनले एमाले बिनाको नेपाल र आफू बिनाको एमाले भन्नेहरु देखेर दया लागेको बताएका हुन्।

‘कसैले एमाले बिनाको नेपाल भने। कठैवरी। एमाले बिनाको नेपाल रे, केपी ओली बिनाको एमाले भने। दया लागेर आउँछ। केपी ओली नभइदिएदेखि यसो गर्थ्यौं, उसो गर्थ्यौं लाग्या होला,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?