काठमाडौं, चैत २२ । सरकारले श्रम अदालतको मुकाम काठमाडौंलाई तोकेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले श्रम अदालतको मुकाम काठमाडौं उपत्यकामा रहने भनिएकामा त्यसको सट्टा काठमाडौं जिलला रहने गरी तोक्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।
‘श्रम अदालतको मुकाम काठमाडौं उपत्यकामा रहने भनिएकोमा त्यसको सट्टा श्रम अदालतको मुकाम काठमाडौं रहने गरी तोक्ने भन्ने निर्णय भएको छ । यसको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने’, मन्त्रिपरिषदको निर्णयबारे उनले भनिन् ।




