इलाम-२ मा माओवादीले एमालेलाई सघाउने

`

     २०८० चैत्र २२ गते ११:५२

काठमाडौँ, चैत्र २२ । इलाम-२ को उपनिर्वाचनमा माओवादीले एमालेलाई सघाउने भएको छ । केन्द्रीय गठबन्धनको सहमतिअनुसार माओवादीले एमालेबाट उम्मेदवार बन्ने सुहाङ नेम्बाङलाई सघाउने भएको हो ।

इलाम(२ मा माओवादीले उम्मेदवारी नदिने, एमालेका सुहाङलाई सघाउने कोशी प्रदेश इन्चार्ज हरिबोल गजुरेलले केन्द्रको निर्णय भन्दै बिहीबार उम्मेदवारी नदिनेबारे सर्कुलर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?