काठमाडौँ, चैत १३ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ ।
जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री श्रेष्ठ र चिनियाँ विदेशमन्त्री यीबीच आज बेइजिङको स्टेट गेस्ट हाउसमा द्विपक्षीय भेटवार्ता भएको हो ।
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठ समकक्षी यीको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमणमा पुगेका हुन् । चीनमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ समकक्षी तथा बेइजिङ र अन्य प्रान्तहरुमा चीनका उच्चस्तरका विभिन्न व्यक्तित्वसँग भेट गर्ने कार्यक्रम छ ।




