काठमाडौँ महानगरले गरिब घरपरिवारको तथ्याङ्क सङ्कलन गर्ने

`

     २०८० चैत्र ११ गते ४:१८

काठमाडौँ, ११ चैत । काठमाडौँ महानगरपालिकाले यही चैत २५ गतेदेखि ‘गरिब घरपरिबार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमका लागि तथ्याङ्क सङ्कलन गर्ने भएको छ । त्यस कार्यमा खटिने जनशक्तिका लागि महानगरले गणक र सुपरिवेक्षकको तालिमका लागि प्रशिक्षक प्रशिक्षण दिइसकेको जनाएको छ ।

महानगरका सामाजिक विकास विभागका निमित्त प्रमुख बिमला कोइरालाले भने, “तालिमबाट प्रशिक्षक बन्नुभएका अधिकारीहरुले यही चैत २० गतेदेखि गणक र सुपरिवेक्षकलाई तालिम दिनुहुनेछ । यस कार्यमा खटिने गणक र सुपरिवेक्षकका रुपमा काम गर्ने जनशक्ति प्राप्त गर्न गत मङ्सिर १६ गते महानगरले सार्वजनिक सूचना प्रकाशन गरेको थियो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?