काठमाडौं, चैत ११ । सत्तारूढ नेकपा (एमाले) को सचिवालय बैठक सुरू भएको छ।
ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालयको बैठक सुरू भएको हो।
राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी, उपनिर्वाचन लगायतका विषयमा छलफल गर्न सचिवालय बैठक बोलाएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।




