काठमाडौं,९ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका ओली प्रचण्डलाई भेट्न शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री निवासमा पुगेका थिए । भेटवार्तामा सरकारको कामकारबाही, नीति तथा कार्यक्रमबारे कुराकाकी भएको जनाइएको छ ।
सत्तारुढ ५ दलले सार्वजनिक गरेको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्पको प्रभावकारी कार्यान्वयनका बारेमा समेत दुई नेताबीच छलफल भएको छ ।




