मन्त्रिपरिषद् बैठकले के के निर्णय गर्यो ?

`

     २०८० चैत्र ०८ गते १:५१

काठमाडौँ, चैत ८ । सरकारले राष्ट्रिय योजना आयोगको रिक्त सदस्यमा नयाँ नियुक्ति गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले प्रा सङ्गीता सिंह (काठमाडौँ), डा कुसेन्द्रबहादुर महत (जुम्ला), प्रा शिवराज अधिकारी (पाल्पा) र डा अरनिको पाण्डे (ललितपुर)लाई सदस्य पदमा नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिए ।

नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा कोरियाका सात र नेपाली तीन जनालाई जुगल हिमाल आरोहणका लागि आवश्यक दस्तुर मिनाहा गर्ने निर्णय गरेको छ । सिन्धुपाल्चोक जिल्लामा अवस्थित जुगल–१ र जुगल–२ हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाहा गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?