काठमाडौँ, ५ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीका सम्बन्धमा निष्पक्ष छानबिनको विश्वास दिलाउन सरकारसँग माग गरेको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी ठगीलगायत विभिन्न भ्रष्टाचारका प्रकरणमा जस्तोसुकै ठूला व्यक्ति भए पनि निष्पक्ष अनुसन्धान गर्न माग गरेका हुन् ।




