शिक्षक महासङ्घले ‘विद्यालय शिक्षा विधेयक’ को पुनर्लेखन नमान्ने

`

     २०८० चैत्र ०४ गते ३:०३

काठमाडौँ, ४ चैत । नेपाल शिक्षक महासङ्घले संसदीय समितिमा रहेको ‘विद्यालय शिक्षा विधेयक’ को पुनर्लेखन नमान्ने भएको छ । छलफलको क्रममा रहेको विधेयकमाथि पुनर्लेखन हुनुपर्ने आवाज उठिरहेको बेला महासङ्घले उक्त प्रस्ताव नमान्ने बताएको हो ।

विधेयकमा आवश्यक संशोधन गरेर मात्रै पारित गरिनुपर्ने धारणा महासङ्घको छ । महासङ्घ अध्यक्ष कमला तुलाधरले विधेयकमा पुनर्लेखन नभई संशोधन गरेर मात्रै अगाडि बढ्नुपर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?