काठमाडौं, ४ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुलाई सघाउन सम्बन्धित विषयमा विज्ञता हासिल गरेका र अनुभव भएकाहरुको समूह बनाउने निर्णय गरेको छ ।
मन्त्रीहरु र पार्टीबीच समन्वय गर्न गठित डा. स्वणिर्म वाग्ले नेतृत्वको समन्वय समितिको आइतबार बसेकोे बैठकले पार्टीबाट मन्त्री भएकाहरुलाई सघाउन विज्ञ समूह बनाउने निर्णय गरेको हो । सो समितिले सरूवा, बढुवा तथा नियुक्तिको अनुचित सिफारिस गर्नेलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने पनि निर्णय गरेको छ ।




