‘नेसनल क्याडेट कर्प्स’ मित्रराष्ट्रका सैन्यबलसँग सम्बन्ध विस्तार गर्ने अवसर : प्रधानमन्त्री

`

     २०८० फाल्गुन २७ गते ११:३९

काठमाडौँ, २७ फाल्गुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘नेसनल क्याडेट कर्प्स’ कार्यक्रमले नेपाली सेनालाई मित्रराष्ट्रहरूको सैन्यबलसँग द्विपक्षीय सम्बन्ध अभिवृद्धि गर्ने महत्त्वपूर्ण अवसर प्रदान गरेको बताएका छन् ।

नेसनल क्याडेट कर्प्स (एनसिसी) कार्यक्रम अन्तर्गतको विभिन्न दक्षिण एसियाली देशका सैन्य अधिकृतबीचको तालिम आदानप्रदान कार्यक्रममा सहभागी सैन्य प्रशिक्षार्थीहरूसँग आज सिंहदरबारमा भएको भेटमा उनले उक्त कार्यक्रमले एकअर्का देशको आर्थिक–सामाजिक एवं सांस्कृतिक अवस्थाबारे सचेतना र सम्मान विस्तार गर्ने विश्वास व्यक्त गरे ।

‘मलाई विश्वास छ, यो कार्यक्रमले देशहरूबीच रहेका अदृश्य सीमाहरू उजागर गर्ने र त्यसलाई न्यूनीकरण गर्नेछ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘यसले समग्र विश्व एक अन्तरआवद्ध समुदाय हो भन्ने कुराको सशक्त सन्देश प्रवाह गर्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?