काठमाडौँ, २५ फागुन । बलिउड अभिनेता गोविन्दा अहिले नेपालमा छन् । रौतहटमा आयोजित मदानी महोत्सव २०८० मा सहभागी हुन उनी बिहीबार रौतहट आएका हुन् ।
यसैबिच अभिनेता गोविन्दासँग अभिनेता पल शाहले पनि भेट गरेका छन् । भेटमा दुबैबिच फिल्म सम्बन्धी कुराकानी भएको बताइएको छ ।




