बहुमत पुर्‍याउन विवादित मान्छेसँग गठबन्धन गर्नु परेको छ

`

     २०८० फाल्गुन २५ गते ४:५०

काठमाडौं, फागुन २५ । सत्तारूढ नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले वर्तमान गठबन्धनमा विवादित मान्छे पनि रहेको टिप्पणी गरेकी छन्।

उनले बहुमत पुर्‍याउनका लागि विवादित मान्छेसँग गठबन्धन गर्नुपरेको बताएकी छन्। विवादित मान्छेमा कुनै कमजोरी देखिएमा छुट नदिने प्रतिबद्धता गरेर नयाँ गठबन्धन सरकार बनाइएको उनको भनाइ छ।

‘संयोगले एउटा नयाँ सहमति बन्यो र गठबन्धन भयो। त्यो पनि शुद्ध त छैन, अब जीवन, व्यवहारले पुष्टि गर्छ। केही मान्छे त विवादित छन् नि१ तर पनि हाम्रो संख्या पुग्दैन। गठबन्धन गरेर बहुमत पुर्‍याउनुपर्छ, यो बाध्यता हुन्छ। तर त्यहाँ पनि कुनै गल्ती, कमजोरी देखिएमा नछोप्ने, छुट नदिने प्रतिबद्धता गरेर नयाँ गठबन्धनको सरकार भएको छ,’ उनले भनिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?