मन्त्रालय बाँडफाँड गर्न ३ बजे बालुवाटारमा गठबन्धनको बैठक बस्दै

`

     २०८० फाल्गुन २२ गते १२:०८

काठमाडौँ, फाल्गुन २२ । मन्त्रालय बाँडफाँडबारे छलफल गर्न ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नयाँ गठबन्धन बैठक बोलाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयका अनुसार उक्त बैठकमा मन्त्रिपरिषद् विस्तारबारे पनि दलहरूबीच छलफल हुनेछ ।

मन्त्रालय बाँडफाँड र मन्त्रिपरिषद् विस्तारबारे गर्न गठबन्धनको बैठक बस्दै
अहिले एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, माओवादी उपमहासचिव वर्षमान पुन, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादव रहेको कार्यदलका साथै थप नेताहरू संलग्न भएको बैठक भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?