काठमाडौं, २० फाल्गुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । लामिछानेले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर आज बिहान प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
भेटमा उनीहरुबीच दूध किसानको बक्यौता र चितवनमा मृत्यु भएकी बालिका शालिन पोखरेलका विषयमा छलफल भएको रास्वपाका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।




