लुक्ला–विराटनगर माउन्टेन फ्लाइट छिट्टै सुरु हुन्छ : मुख्यमन्त्री कार्की

`

     २०८० फाल्गुन १७ गते १२:४६

काठमाडौँ, १७ फागुन । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सगरमाथा क्षेत्रबाट प्रदेश राजधानीको विराटनगरमा माउन्टेन उडान भर्ने बताएका छन् । उनले सगरमाथा क्षेत्रलाई प्रदेश राजधानीसँग जोड्न छिट्टै विराटनगर–लुक्ला माउन्टेन फ्लाइट सुरु गर्ने बताए।

विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रलाई प्राथमिकतामा राखेर थप पर्यटन प्रवर्द्धनका लागि विराटनगर–लुक्ला माउन्टेन फ्लाइट सुरु गर्ने योजना रहेको जनाउँदै मुख्यमन्त्री कार्कीले उक्त योजना छिट्टै कार्यान्वयनमा आउने बताए । “खुम्बु क्षेत्र सङ्घीय राजधानीसँग नजिक भए पनि प्रदेशसँग बिरानो भएको छ”, उनले भने, “यसलाई समाधान गर्न हामी गम्भीर छौँ । केही महिनाभित्रै विराटनगर–लुक्ला जहाज उडान गर्ने तयारी गरिरहेका छौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?