काठमाडौँ, १५ फाल्गुन । मधेश प्रदेश सभाको १० दिनपछि बसेको बैठकमा जनमत पार्टीले अवरोध गरेपछि बैठक स्थगित भएको छ ।
कृषि विश्वविद्यालयको भवन शिलान्यास कार्यक्रममा मुख्यमन्त्री सरोजकुमार यादवकै उपस्थितिमा जनमत पार्टीका मन्त्री र सांसदमाथि आक्रमण गरिएको भन्दै छानबिन समिति गठनको माग गर्दै प्रदेश सभाको बैठकमा अवरोध गरिएको हो ।
मंगलबार बसेको बैठकको प्रारम्भमै जनमत पार्टीका सांसदहरुले घटनाको उच्चस्तरीय छानबिन समिति गठन नभएपछि बैठक चल्न नदिने अडान राखेका थिए ।




