नेपाली फिल्म ‘गोर्खा वारिअर’को समर्थन गर्दै निकाले जुलुस

`

     २०८० फाल्गुन ११ गते २:१७

काठमाडौँ, फागुन ११ । राजनीति, अधिकार र विरोध प्रदर्शनका जुलुस त देखिएकै हो, तर शुक्रबार ललितपुरको सडकमा भिन्न दृश्य देखियो । यो र्‍याली अरु नभएर फिल्मका लागि थियो । बाजागाजा र नारा लगाउँदै उनीहरुले प्रदर्शन गरेका थिए ।

किराँत राई यायोख्याको नेतृत्वमा गोर्खा लाहुरेको परिवार, भर्ती हुन तालिम लिइरहेका युवाहरु उनीहरु आफन्त लगायत सहभागी र्‍याली कुमारीपाटीदेखि लबिम मलसम्म पुगेको थियो । ब्यानर बोकेका उनीहरुले गोर्खाली कहिल्यै झुक्दैन, आयो गोर्खाली, गोर्खाली कहिल्यै भाग्दैन लगायतका नारा लगाएका थिए ।

उनीहरुले हलमा पुगेर ‘गोर्खा वारिअर’ फिल्म हेर्न आग्रह गरेका थिए । फिल्मको पोस्टर र ब्यानर समेत देखिन्थ्यो । उनीहरुले लबिम मलको फिल्म हलमा पुगेर शुक्रबारदेखि रिलिज भएको फिल्म ‘गोर्खा वारिअर’ हेरे ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?