किसान आन्दोलनमा एक किसानको मृत्यु भएसंगै प्रदर्शन उग्र

`

     २०८० फाल्गुन १० गते ३:३६

काठमाडौँ, फागुन १० । भारतको किसान आन्दोलनमा प्रहरीको दमनबाट एक युवाको मृत्यु भएपछि प्रदर्शन उग्र बनेको छ । आक्रोशित किसानहरुले सरकार र पुलिस प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन् । पन्जाबको शम्भू बोर्डरमा रहेको किसानहरुको क्याम्पमा प्रहरीले आक्रमणसमेत गरेका छन् ।

अर्धसैनिक बल र हरियाणा प्रहरीले पन्जाबस्थित किसानहरुको क्याम्पमा आक्रमण गर्दा ६ जना वेपत्ता भएको किसान अगुवाहरुको भनाइ छ । किसान नेताहरुले बिहीबार पत्रकार सम्मेलन गरी सरकारले बर्बरतापूर्वक आक्रमण गरेको र ६ जना किसान वेपत्ता भएको बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?