काठमाडौँ, ९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाको मागलाई सरकारले उपेक्षा गरे विद्रोहमा परिणत हुने चेतावनी दिएका छन् ।
बुधवार सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डलाई ४० बुँदे ज्ञापन पत्र बुझाएपछि उनले यस्तो बताएका हुन् । उनले औपचारिक रूपमा जनदबाबका कार्यक्रम सुरु गरेको बताए ।
उनले ज्ञापन पत्रमा देशको समसामयिक राजनीति र परिस्थितिको बारेमा उल्लेख गरिएको बताए । देश धेरै नै बिग्रिसकेको बताउँदै लिङ्देनले अब यही अवस्थामा रहिरहन नसक्ने जिकिर गरे ।




