विष्णुमति करिडोरका अवैध संरचना हटाउन सुरु

`

     २०८० फाल्गुन ०८ गते २:०२

काठमाडौँ, फाल्गुण ८ । टोखास्थित विष्णुमति नदी आसपासमा अवैध रुपमा निर्माण गरिएका संरचना हटाउन सुरु गरिएको छ । टोखा नगरपालिकाले विष्णुमति नदी करिडोरलाई सुन्दर र व्यवस्थित बनाउनका लागि त्यस आसपासमा निर्माण गरिएका अस्थायी संरचना आज बिहान डोजर लगाएर हटाएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले सार्वजनिक जग्गा मिचेर नदीको किनारामा निर्माण गरिएका संरचना डोजर लगाएर हटाइएर्को जानकारी दिए । टोखाले सार्वजनिक जग्गा संरक्षण गर्नका लागि वडा नं ४ का वडाअध्यक्ष धर्मेन्द्र श्रेष्ठको संयोजकत्वमा ‘सार्वजनिक जग्गा संरक्षण समिति’ निर्माण गरी सार्वजनिक जग्गा मिचेर अवैध रुपमा निर्माण गरिएका संरचना हटाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?